१० कार्तिक २०८३, मंगलबार

सरकारको नेतृत्वमा कांग्रेसको पनि दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नयाँ सरकार गठनबारे धारणा बनाउन नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

वैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कि माओवादीलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

माओवादीले सरकार छोड्ने निर्णयसँगै कांग्रेसभित्र एलमो नेतृत्वको सरकारमा नजाने माओवादी नेतृत्वको सरकारमा किन जाने भन्ने चर्चा पनि चलेको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्ने योजनामुताविक कांग्रेसले माओवादीलाई पहिला सरकार छाड्नुस् नयाँ नेतृत्वबारे छलफल गर्न हामी खुला छौं भनेकाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नेबारेमा पनि सहमति जुट्न सक्ने कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस नेता रामहरि खतिवडाका अनुसार नयाँ सरकार गठनबारे पहिलो प्राथमिकता आफ्नै नेतृत्वमा सरकार गठन गर्ने हो भने दोस्रोमा माओवादी अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने हो ।