१० कार्तिक २०८३, मंगलबार

वीर अस्पताललाई सार्ने तयारी, भक्तपुरमा जग्गा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospital-1200x545_cकाठमाडौं, २९ असार । मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ ।

वीर अस्पतालमा सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित जग्गा छनोटसमेत गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति गणेश गुरुङलगायतको टोलीले मंगलबार जग्गाको अवलोकन गर्दै वीर अस्पतालका लागि उपयुक्त जग्गा फेला परेको जनाएको हो ।

उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न हजार शय्याको अस्पताल निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

वीर अस्पतालको स्थानान्तरण प्रक्रिया अघि बढेको मन्त्री पौडेलले बताए ।

राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रुपमा उपचार गर्न पाउने उच्चस्तरीय अस्पतालका रुपमा विकास गरिने उनले सुनाए ।

सरकारले वीर अस्पताल सञ्चालनका लागि उपत्यकाभित्र ५ सयदेखि हजार रोपनी जग्गाको खोजी गरिरहेको थियो ।