काठमाडौं, २८ असार । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सत्ता सझेदार दल नेकपा माओवादीबीच सोमबार (हिजो) नै ७ बुँदे समझदारी भएको खुलासा भएको छ ।
पत्रकार प्रकाश तिमल्सेनाका अनुसार मंगलबार विहान सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक निर्णय गर्नु अघि नै सोमबार कांग्रेस संसदीय दलको कार्यालय पुगेर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग ७ बुँदे समझदारी गरेको भेटिएको हो ।
पत्रकार तिमल्सेनाले लेखेका छन्– ‘आजको मिति राखेर हिजो नै सिंहदरवारमा हस्ताक्षर गरेको कांग्रेस र माओवादी केन्द्र बिचको समझादारी पत्र सार्वजनिक भएको छ, जुन प्रचण्डले सार्वजनिक गर्दिन भनेर बचन दिएका थिए, तर सहमति पत्रमा प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने उल्लेख छैन, यद्धपी प्रचण्डलाई प्रम बनाउनवाट रोक्न सक्ने कुनै शक्ति छैनन भन्ने कुरा छ । हेर्दै जाऊँ ।’
पत्रकार तिमल्सेनाले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाको हस्ताक्षर भएको उक्त समझदारी पत्र पहिलोपटक फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
समझदारी पत्रमा संविधान कार्यान्वयन, मधेसको समस्या समाधान, संक्रमणकालिन न्याय तथा द्वन्द्वकालिन मुद्दाको किनारा लगाउने, भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्र गतिमा अगाडि बढाउने, देशमा विद्यमान, शान्ति सुरक्षा चुनौति, कालोबजारी लगायत नियन्त्रण गर्नका लागि माओवादीको नेतृत्वमा कांग्रेससहितका दलहरु मिलेर सरकार बनाउने कुरा उल्लेख छ ।
हेर्नुस् ७ बुँदे समझदारीपत्रः
समझदारीपत्र: पत्रकार प्रकाश तिमल्सेनाको फेसबुक वालबाट साभार ।

















प्रतिक्रिया