३१ आश्विन २०८३, शनिबार

प्रचण्डको आत्मघाती गोल !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-shankar-pokharel-1

काठमाडौँ, २८ असार । सरकारबाट बाहिरिने माओवादी अध्यक्ष प्रचण्डको निर्णयलाई एमाले नेताहरुले आत्मघाती गोलको संज्ञा दिएका छन् ।

बौद्विक नेता मानिने नेकपा एमाले स्थायी समितिका सदस्य शंकर पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भन्नुभएको छ– राष्ट्रवादी गठबन्धनविरुद्व म्याच फिक्सिङ गरेर माओवादी केन्द्रले आत्मघाती गोल नि हानेछ । उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् ।’

फुटबल खेलसँग नेपालको राजनीतिलाई जोड्दै उहाँको थप टिप्पणी छ – ‘युरोकपको समाप्तिसंगै नेपालको सत्ता राजनीतिको खेल नि समाप्त होला जस्तो छ । माओवादीसामु आत्मघाती गोल कि सरकारको डिफेन्सको विकल्पमात्र बाँकी छ ।’

माओवादीले आज सरकारबाट बाहिरिने निर्णय गरेसँग नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ ।