१० कार्तिक २०८३, मंगलबार

प्राविधिक शिक्षाको शुल्क फरक फरक, अध्ययन गर्नै मुस्किल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Paisa Curancyकाठमाडौं, २८ असार । एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरु पढ्नबाट बञ्चित हुने भएका छन् ।

निजी संस्थाले १८ महिने टीएसएलसी प्राविधिक विषय पढ्न ८० हजारदेखि १ लाख ६० हजारसम्म शुल्क तय गरेपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएकाहरु ऋर्को वर्ष पुनः एसएलसी दिने मनसायमा पुगेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘१.६ भन्दा कम जीपीए आउने विद्यार्थीहरुलाई सरकारको प्राविधिक विषय पढ्ने व्यवस्था गरेको सुनेको थिएँ । स्कुलमा जस्तै सित्तैमा होला भन्ठानेको थिएँ, जुन विषय पढे पनि ८० हजारभन्दा कममा कतै पाइनँ’, १.५ जीपीए आएका सन्तोष तामाङले भने ।

प्राविधिक विषय पढ्ने विद्यार्थी बढ्ने भएपनि टीएसएलसी सञ्चालन गर्ने संस्था सञ्चालकले गत वर्ष लिँदै आएको शुल्कको दोब्बरसम्म बढाएका छन् ।