१० कार्तिक २०८३, मंगलबार

‘राष्ट्रिय सहमति हुँदैन, बहुमतीय सरकार बनाऔँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-prachandकाठमाडौं, २८ असार । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधुप थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई ठूला दल कांग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन् ।

सहमतीय सरकार बन्ने सम्भावना कम देखिएपछि प्रचण्ड बहुमतीय सरकारको विकल्पमा जाने नजाने द्विविधामा छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सहमतीय सरकार बन्न सम्भव नरहेको बताउँदै आएको कांग्रेसले बहमतीय सरकारका लागि भने प्रचण्डलाई समर्थन गर्ने संकेत दिएको छ ।

अहिलेको गठबन्धनबाट अलग भएपछि मात्रै कांग्रेसले त्यसबारे औपचारिक निर्णय लिने स्रोतले बतायो । त्यसका लागि कांग्रेस नेताले पहिले सरकार छाडेर आउनु पर्ने अडान दोहोराए ।

राष्ट्रिय सरकारका लागि समर्थन खोज्न गएका प्रचण्डलाई कांग्रेस सभापसित देउवाले सम्भव नभएको जवाफ दिए ।

कांग्रेस संसदीय दलमा सोमबार अपरान्ह देउवा र प्रचण्डबीच छलफल भएको थियो ।

प्रचण्डसँगको छलफलपछि कांग्रेस सभापति देउवाले सम्भावना नै नभएको सहमतीय सरकारका लागि कांग्रेसले समर्थन दिन नसक्ने जवाफ दिएको बताए ।