३० आश्विन २०८३, शुक्रबार

दुधे बालिकाको बलात्कारपछि हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557

बनेपा, ३१ साउन । काभ्रेपलाञ्चोकमा सात वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।

जिल्लाको उग्रतारा जनागाल गाविस–७ निवासी सात वर्षीया सलिना बोगटीको शव आज आइटीपार्क नजिकैबाट पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

“उनलाई बाघले आक्रमण गरेको आशंका गरिएको थियो तर बाघले आक्रमण गरेको कुनै लक्षण देखिँदैन र शवको प्रकृति हेर्दा बलात्कार गरेर फालेको जस्तो देखिन्छ”–प्रहरी उपरीक्षक अरुण विसीले भन्नुभयो ।

बनेपाको ज्ञानज्योति एकेडेमीमा कक्षा १ मा अध्ययनरत बालिका बोगटी शुक्रबार दिउँसो १२ बजेदेखि नै हराएकी थिइन् र उनलाई खोज्न निस्केकाले नै उनको शव फेला पारेका थिए ।

प्रहरी उपरीक्षक विसीले बालिकाको शवपरीक्षणका लागि काठमाडाँैस्थित टिचिङ अस्पताल महाराजगन्ज लगिएको जानकारी दिनुभयो ।

छोरीको मृत्युपछि उनकी आमा मञ्जु बेहोस भएकी छिन् । उनको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले स्थानीय रोशन बोगटीलाई प्रक्राउ गरेको छ ।

यसैबीच ७३ वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको गोकुले गाविस–४ का ४४ वर्षीय उत्तर घलानालाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कार गरी फरार भएका घलानालाई स्थानीय र वृद्धाका आफन्तको सहयोगमा उनको घरबाट नै प्रहरीले पक्राउ गरेको हो । उनलाई जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस