१० कार्तिक २०८३, मंगलबार

आयल निगम ऋण मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-oil-nigamकाठमाडौं, २७ असार । नेपाल आयल निगमले १४ वर्षपछि आइतबार ऋण मुक्त भएको छ ।

आइतबार सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगम नाफामा गर्इ ऋण तिर्न सफल भएको हो । ‘करिब १४ वर्षदेखिको ऋण आइतबारबाट मुक्त भयौं’, निगम अर्थ विभागका निर्देशक सीताराम पोखरेलले भने, ‘ऋण तिर्न सफल हुनुमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावट र स्वचालित मूल्य कार्यान्वयन गर्नु नै हो ।’

अर्थ मन्त्रालयले पनि असारभित्रै ऋण चुक्ता गर्न पत्राचार गरेपछि निगमले पनि सोही अनुसार तिरेको हो । अहिले पनि निगमको मासिक नाफा ७० करोड रुपैयाँ छ ।

राजनीतिक हस्तक्षेपमा परेको निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसकेपछि २०५९/६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो ।