३० आश्विन २०८३, शुक्रबार

दमक पत्रकार मञ्चको अध्यक्षमा पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Damak-patrakar-manch

झापा, ३१ साउन । पत्रकार मञ्च दमकको अध्यक्षमा एकदशक भन्दा लामो समयअघि देखि झापामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका बिष्णुप्रसाद पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

मञ्चको आठौ साधरणसभा तथा तेस्रो अधिबेसनबाट पोखरेल सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् ।
गोरखापत्र दैनिकमा झापामा कार्यरत पोखरेलले यसभन्दा अगाडि पत्रकार मञ्चको सदस्य, उपाध्यक्ष, र कार्यवाहक अध्यक्षको रुपमा सफल कार्यकाल सम्पन्न गरेका थिए । शुक्रबार अबेर सम्पन्न अधिबेसनले पोखरेललाई निर्वाचित गरेको निर्वाचन समितिका संयोजक कृष्ण कार्कीले बताए ।

मञ्चको उपाध्यक्षमा बिष्णु पौड्याल, सचिबमा नगेन्द्रमणि न्यौपाने, कोशाध्यक्षमा मनकुमार तुम्सा, सहसचिबमा नगेन्द्र राई र सदस्यहरुमा राजेश कुइकेल, लक्ष्मी नेपाल, श्याम लम्साल, निरज अग्रवाल, मनकुमारी पन्धाक र दीलकुमार लावती रहेका छन् ।

नव निर्वाचित अध्यक्ष पोखरेलले अध्यक्ष निर्वाचित भएपछि पहिलो बर्षलाई पत्रकार मञ्चको भवन निर्माण बर्षको रुपमा लिइएको र भवन निर्माण कार्य शुरु गरिने प्रतिबद्धता जनाएका थिए ।