काठमाडौं, २६ असार । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्र प्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाले ढकालको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत डा. रामकृष्ण तिम्सेनाले बताउनुभयो ।
पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठज्युूको अतिथ्यतामा सम्पन्न भएको शपथ ग्रहण तथा समापन कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामकाजी कोेनेले निर्वाचित समितिको सफलताको कामना व्यक्त गर्नु भएको थियो ।
यस्तो छ नव निर्वाचित कार्य समितिः
अध्यक्ष चन्द्र प्रसाद ढकाल
उपाध्यक्ष (लुम्बिनी) बम बहादुर कार्की
उपाध्यक्ष (गण्डकी) हरि कुमार श्रेष्ठ
उपाध्यक्ष (धौलागिरी) ज्ञानेन्द्र विक्रम महत
महासचिब मदन कुमार महत
सचिब यादव भट्टराई
कोषाध्यक्ष योग राज कँडेल शर्मा
सह–कोषाध्यक्ष नारायण प्रसाद तिम्सिना
सदस्य (बागलुङ) संजय अधिकारी
सदस्य (म्याग्दी) सुशिल खड्का
सदस्य (गोरखा) नवराज पन्त
सदस्य (लमजुङ) डा. बम बहादुर थापा जिताली
सदस्य (तनहुँ) श्रीराम पौडेल
सदस्य (कास्की) डा. बिमला शाक्य
सदस्य (स्याङजा) अर्जुन कुमार अर्याल
सदस्य (गुल्मी) चिन्तामणी न्यौपाने
सदस्य (अर्घाखाँची) विष्णु बहादुर सिंह
सदस्य (पाल्पा) रुद्र नाथ बस्याल
सदस्य (कपिलबस्तु) दिग्बिजय मिश्र
सदस्य (रुपन्देही) विष्णु हरी पाण्डे
पर्वत, मुस्ताङ, मनाङ र नवलपरासीवाट कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जानकारी गराएको छ ।
















प्रतिक्रिया