१ कार्तिक २०८३, आइतबार

भदौमा ‘मिष्टर टिन नेपाल २०१६’ हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????????????

काठमाडौं । टिन एजर्स युवाहरुको प्रतिभा निखार्ने उदेश्यले ‘मिष्टर टिन नेपाल २०१६’ आयोजना हुने भएको छ । टिन एजर्स युवाहरुको प्रतिभा निखार्दै उनीहरुलाई जुनै क्षेत्रमा पनि अगाडि बढ्न सक्ने दक्ष बनाउने प्रतियोगिताको उदेश्य रहेको छ ।

आयोजक रन वे नेपालले आइतबार एक बिज्ञाप्तिमार्फत ‘मिष्टर टिन नेपाल २०१६’का लागि आवेदन खुल्ला गरिएको जनाएको हो । यसै वर्षबाट सुरु भएको यो प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका टिनएजर्स युवाहरुले सहभागिता जनाउन सक्नेछन् ।

देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका उत्कृष्ट ५० प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा अर्थात प्रशिक्षमा सहभागी गराइने रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।

१६ देखि २० वर्ष उमेर र कम्तिमा ५ फिट उचाही सहभागिका लागि प्रावधान तोकिएको प्रतियोगितामा मुख्य उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कृत गरिनेछ ।

आगामी भदौ दोस्रो साता अन्तिमस्पर्धा हुने प्रतियोगितामा सहभागिताका लागि कुपन्डोलमा रहेको रनवे नेपालको कार्यलय तथा इन्टरनेटबाट पनि सिधै आवेदन भर्न सक्ने आयोजकले जनाएको छ ।