काठमाडौँ, ३१ साउन । राप्रपा नेपालले गोरखामा गौ हत्या भएको भन्दै खेद प्रकट गरेको छ ।
केन्द्रीय कार्य समितिको पहिलो पूर्ण बैठकबाट गरिएको निर्णय सार्वजनिक गर्न शनिवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राप्रपा नेपालले यस्तो खेद प्रकट गरेको हो ।
गौ हत्या ठूलो अपराध भएको राप्रपा नेपालको ठम्याई छ ।
त्यसैगरी राप्रपा नेपालले पत्रकार सम्मेलनमा धर्म परिवर्तन रोक्ने र छानविन आयोग बनाउने माग गरेको छ ।
‘विभिन्न प्रलोभन देखाएर धर्म परिर्वतन भइरहेको छ,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले भन्नुभयो,’ ‘यसका लागि छानविन आयोग बनाउनु पर्छ ।
संविधानसभाको चौथो ठुलो दल राप्रपा नेपालले अब बन्ने संविधानमा आफ्नो एजेण्डाहरु सम्बोधन गर्न दबावमुलक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी उक्त दलले माघभित्र अधिवेशन गर्ने गरी विद्यार्थी, युवा, महिला मोर्चा विघटन गरेको छ । साथै राप्रपा नेपाललाई नयाँ शक्तिका रुपमा स्थापित गर्ने भन्दै असन्तुष्टिहरुलाई पार्टीको सम्वद्ध निकायमा राख्न आहृवान गरेको छ ।
राप्रपा नेपालले बाढी तथा पहिरो पीडितको उद्दार तथा राहत प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।















प्रतिक्रिया