न्यूयोर्क, २६ असार । पछिलो केही महिनादेखि नाम चलेका व्यक्तिहरूको ट्वीटर एकाउन्ट ह्याक भइरहेका खबर आइरहेका छन् । अब स्वयं ट्वीटरका मुख्य कार्यकारी अधिकारी जैक दोरसेको एकाउन्ट नै शनिवार ह्याक भएको छ ।
‘आवरमाइन’ नामक एक समूहले ट्वीट गरेर अन्य ट्वीटर एकाउन्ट हैक गरेको जिम्मेदारी लिएको छ । यसअघि यही समूहले फेसबुकका प्रमुख मार्क जुकरबर्ग र गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईको एकाउन्ट पनि ह्याक गरिसकेको छ ।
प्रौद्योगिक वेबसाइट एनगैजेट डट कमका अनुसार ‘अर्को एकाउन्टबाट आवरमाइनद्वारा सार्वजनिक गरिएको सूचना वाइन एकाउन्ट स्थानीय समयअनुसार ३ः२५ मा राखिएको छ ।’
अर्को वाइन एकाउंटका अनुसार पुरानो या साझा गरिएको पासवर्ड जसलाई उनीहरूले अरु सेवाका लागि प्रयोग गरेको हुन सक्ने जनाएका छन् । ट्वीटरको कमजोर सुरक्षा प्रणालीका कारण आवरमाइनले पासवर्ड चोरेर ह्याक गरेको हुन सक्ने समाचारमा जनाइएको छ ।
ह्याकर्सद्वारा दिइएको ट्वीटर लिंकमा एक संदेश लेखिएको छ, ‘जो लिंकसम्म तपाई जाने कोशिस गरिरहनु भएको छ त्यसको पहिचान ट्वीटर या हाम्रा सहयोगीद्वारा मिलाउन काम गरिरहेका छन् । त्यहाँ जानु नोक्सानीपूर्ण हुन सक्छ ।’
वाइनद्वारा दिइएको अर्को लिंकमा भनिएको छ, ‘यो रेकर्ड हाम्रो प्रयोक्ताद्वारा नष्ट कर गरिसकिएको छ ।’ – एजेन्सी















प्रतिक्रिया