१ कार्तिक २०८३, आइतबार

प्रादेशिक जनकलाकारहरूको संयोजक तोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhumeपाँचथर । राष्ट्रिय जनसांस्कृतिक महासंघले नेपालमा प्रदेशिक कलाकारको जिम्मेवारी तोकेको छ । शनिबार बसेको नवौँ राष्ट्रिय समितिको पूर्ण बैठकले संयोजक तोक्ने निणय गरेको हो ।

एमाले निकट जनवर्गीय संगठन रहेको राष्ट्रिय जनसांस्कृतिक महासंघले प्रादेशिक संरचनामा जाने निर्णय गरेको राष्ट्रिय महासंघका केन्द्रीय कोषाध्यक्ष भूमिका सुब्बाले बताइन् ।

प्रदेश नम्बर १ मा दीप किशोर लिङदम, सहसंयोजकमा जेबी थुलुङ, प्रदेश नम्बर २ मा बृज किशोर सहनी, सहसंयोजकमा नबीन कुमार मिश्र, प्रदेश नम्बर ३ मा कालिका पाठक, सहसंयोजकमा राजेन्द्र कार्की र नारायण भाइ श्रेष्ठ, प्रदेश नम्बर ४ मा मनकुमार श्रेष्ठ, सहसंयोजकमा षडानन्द पौडेल, प्रदेश नम्बरमा ५ मा शन्त बिश्वकर्मा, सहसंयोजकमा गोबिन्द शेर्पाइली, प्रदेश नम्बर ६ मा खड्ग भट्टराई, प्रदेश नम्बर ७ मा भुवन रिजाल लगायतले जिम्मेवारी पाएका छन ।