काठमाडौं । आगामी भदौ १७ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘वृन्दावन’ले पहिलो अफिसियल ट्रेलर बालबालिकामाझ सार्वजनिक गरेको छ ।
फिल्म युनिटले शुक्रबार राजधानीको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपांग बालबालिकामाझ ट्रेलर र गीत सार्वजनिक गरेको हो ।
कार्यक्रममा फिल्मका निर्माता कमल जिसीले अपांग बालबालिकालाई आफ्नो फिल्मको बारेमा जानकारी दिँदै सामाजिक काममा समेत सक्रियता देखाउन कार्यक्रम गरिएको बताए । निर्देशक राजबहादुर सानेले अपांग बालबालिकामाझ ट्रेलर देखाउन पाउँदा खुसी लागेको बताए । फिल्ममा रुद्र खनालको पनि लगानी छ ।
कार्यक्रम केन्द्रमा रहेका करिब ४६ जना अपांग बालबालिकालाई सामूहिक भोजनसमेत गराइएको थियो । फिल्मको ट्रेलर र गीत हेर्दा बालबालिकाहरू निकै खुसी देखिएका थिए ।
रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा राजबहादुरकै लेखन छ । समाजमा हुँदै आएको अन्याय, अत्याचार र थिचो, मिचो नारी प्रधान, एक्सन तथा प्रेममय विषयवस्तु समेटिएको फिल्ममा शिल्पा पोखरेल, किशोर खतिवडा, दिपेन्द्र केसी, सुशील पोखरेल, प्रकाश कँडेलका साथमा तालिम प्राप्त बाँदरको मुख्य भूमिका रहेको छ ।
फिल्ममा नृत्य रामजी लामिछाने, द्वन्द्व अष्ट महर्जन, संगीत विकास चौधरी र दिपक शर्मा र छायांकन दिव्यराज सुवेदीको रहेको छ ।















प्रतिक्रिया