मुम्बई । नायिका आलिया भट्टले बिहारी मजदुरको भूमिकामा काम गरेको फिल्म ‘उडता पन्जाब’ रिलिज भएको लामो भएको छैन । यो फिल्ममा अभिनय गरेर आलियाले भने राम्रै प्रशंसा कमाएकी छिन् ।
फिल्ममा उनले एउटा सामूहिक बलात्कारको सिनमा पनि अभिनय गरेकी छिन् । यही विषयमा उनले आजभोलि अन्तर्वार्तामा भन्न थालेकी छिन् ।
आलियाले यो विषयमा बोल्दा किन पनि महत्व दिइन्छ भने केही दिनअघि अभिनेता सलमान खानले यही विषयमा बोलेर आलोचना पाएका छन् ।
आलियाले भने सामूहिक बलात्कारको सिनमा काम गर्दा अत्यन्त गाह्रो अनुभव हुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘त्यो वास्तविकता हो भन्ने थाहा हुँदाहुँदै पनि अत्यन्त गाह्रो हुने रहेछ ।’ – एजेन्सी















प्रतिक्रिया