१० कार्तिक २०८३, मंगलबार

माओवादीले दबाब दिएपछि सरकार बचाउन ओलीले थाले अर्कै योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President meets Nepal PMकाठमाडौं, २५ असार । सत्ताको मूख्य साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमति अनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमनत्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई फकाउन थालेका छन् ।

यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बनध बिग्रिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरेका छन् ।

उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थति फरक भइसकेकाले’ फेरि दुई दलबीच सहकार्य गरेर संविधान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आएका छन् । देउवाले त्यसको जवाफ भने दिएका छैनन् ।

देउवा आफै र बहुमत सदस्य दुई ठूला दलबीच सत्तामा साझेदारी गर्न नुहने पक्षमा छन् ।

‘कांग्रेससँग सहकार्य गरौं भन्ने प्रधानमन्त्री ओलीको स्वभविक प्रस्ताव हो,’ कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले भने,‘तर अब एमालेसँग सत्तामा सहकार्य गर्न हुँदैन भन्ने कांग्रेसभित्र धेरैको धारणा छ।’

माओवादीले जेठ अन्तिम साता भएको ९ बुँदे लिखित र तीन् बुँदे भद्र सहमतिअनुसार आफूले पाउनु पर्ने दाबी एमालेसँग गर्दै आएको छ ।