गुल्मी । हिन्दू महिलाको महान पर्व तीज आउँन झण्डै दुई महिना बाँकी रहँदा कलाकारलाई भने तीज पर्वले छोइसकेको छ ।
कलाकारहरुलाई तीजका गीत गाउन र म्युजिक भिडियो तयार गर्न व्यस्त भइसकेकाले तीजको रौनक सुरु भएको हो । गायिका मञ्जु पौडेलले तीज पर्वलाई मध्य नजर राखेर “खैत बाबा बुझेको कुरा बरिलै” गीत सर्वजनिक गरेकी छिन् ।
तीजको बेला बिभिन्न ठाउँमा महिला दिदी वहिनीहरु जम्मा भएर नारीका बेदनाहरुले भरिएका गाउने गीतको झल्को दिलाउदै गायिका पौडेलले तीज गीत बजार ल्याएको बताइन् ।
घरमा जवानी बढ्दै गरेकी छोरीलाई विवाह गरेर सिन्दुर, टीका, गाजल र चुरा लगाउन मन लागेका कथाबस्तुमा गीत तयार भएको गायिका पौडेलले बताइन् ।
















प्रतिक्रिया