काठमाडौ । अभिनेता विराज भट्टको कमब्याक चलचित्र ‘जय परशुराम’को टिजर सार्वजनिक भएको छ । निर्माता रोज राणाको डेब्यु निर्देशन रहेको चलचित्रमा बिराज फुल एक्सनमा उत्रिएका छन् ।
एक्सन हेर्ने चाहना भएको दर्शकका लागी यो सहि चलचित्र हो । बिराज भट्टको कमब्याक र रोज राणाको निर्देशन रहेकोले पनि यो चलचित्र सबैको प्रतिक्षित चलचित्र बनेको छ ।
चलचित्र यही साउन २८ गते प्रदर्शनमा आउने यसअगाडी सार्वजनिक गरिएको थियो । टिजरमा भने चलचित्र प्रदर्शन मिति तोकिएको छैन ।
चलचित्रमा विराजको अलवा नीशा अधिकारी र रविन तामाङ मुख्य भूमिकामा छन् । टिजरमा विराज र रविनलाई मात्र देखाइएको छ ।
मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन छ । बिराज ५ वर्षपछि पुन नेपाली चलचित्रमा देखिन लागेका हुन् ।















प्रतिक्रिया