१ कार्तिक २०८३, शनिबार

चरा ठोक्किएको एयरबस मर्मत हुन् एक साता लाग्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NAC-Airbus-320काठमाडौँ, २४ असार । चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ ।

त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो ।

जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ ।

चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या आएकाले मर्मतका लागि झन्डै एक साता लाग्ने अनुमान गरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

जहाज ग्राउन्डेड भएपछि अन्य जहाजबाट यात्रुलाई हङकङ उडाइएको उहाँले बताउनुभयो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयर बस ए ३२०, २०० र दुई बोइङ ७५७ जहाज छन् ।

सोमध्ये एउटा बोइङ एउटा इन्जिन बनाउनै नमिल्ने गरी बिग्रिएपछि ग्राउन्डेड अवस्थामा छ । निगमले तीन जहाजबाट तालिका बनाएर अन्तर्राष्ट्रिय उडान उडान भरिरहेको थियो ।

निगमले अहिले पाँच देशका सात गन्तव्य क्रमशः भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, बैंकक, हङकङ, दोहा र मलेसियामा उडान भर्दै आएको छ । रासस