काठमाडौँ, २४ असार । हिमालय एअरलाइन्सले यही असार २७ गतेदेखि काठमाडौँ–दोहा (कतार) दैनिक उडान सञ्चालन गर्ने भएको छ ।
यात्रुको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो ।
एअरलाइन्सले काठमाडौँबाट स्थानीय समयानुसार २३ः०० बजे उडेर ०१ः३० बजे दोहा अवतरण गर्ने छ ।
त्यसैगरी विमान भोलिपल्ट दोहाबाट स्थानीय समयानुसार ०२ः३० बजे उडेर १०ः१५ बजे काठमाडौँ अवतरण गर्ने बताइएको छ । रासस















प्रतिक्रिया