काठमाडौं, २४ असार । कोरला नाका दीर्घकालीन रुपमै खुलाउन सरकारले पहल तीब्र बनाएको छ ।
पोखरा–कोरला सडकलाई द्रुत गतिमा स्तरोन्नती गर्ने र सिमानामा सेनाको व्यारेकदेखि बोर्डर आउट पोस्ट (बीओपी) राख्न काम थालिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
यसका लागि तीन उपप्रधानमन्त्रीलगायत नेता र सरकारी अधिकारीहरुले बिहीबार चीनसँग जोडिएको कोरलाको अवलोकन गरे ।
उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, भीम रावल र टोपबहादुर रायमाझीले तुरुन्तै कोरला क्षेत्रमा सेनाको ब्यारेक र बीओपी राख्न सरकारले तयारी थाल्ने बताए ।
उनीहरुले चीनसँग बार्ता गरेर कुनै पनि हालतमा यस वर्षदेखि नाका खुलाएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।















प्रतिक्रिया