पेरिस, २४ असार । युरोकप फुटबलमा आयोजक राष्ट्र फ्रान्सले जर्मनीलाई हराउँदै फाइनल प्रवेश गरेको छ।
बिहीबार बिहान भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको हो । फ्रान्सले अब उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ ।
जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा एन्टोनी ग्रिजम्यान चुकेनन् ।
जर्मनीका कप्तान वाष्टिन स्वाइन्सटाइगरले डी एरियाभित्र हेन्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।
खेलको ७२ औँ मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै अग्रता दोब्बर पारे ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीका केही राम्रा प्रहार फ्रान्सेली गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
पोर्चुगल र फ्रान्सको उपाधि भिडन्त आउँदो आइतबार हुनेछ । – एजेन्सी















प्रतिक्रिया