१ कार्तिक २०८३, आइतबार

आमिर खान भन्छन्- सलमानको सुल्तानले सबै रेकर्ड तोड्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamir-khan-1-580x395

मुम्बई । बलिउड अभिनेता आमिर खानले अर्का स्टार सलमान खानको फिल्म ‘सुल्तान’ हेरेका छन् ।

फिल्म हेरिसकेपछि ट्वीटरमार्फत प्रतिक्रिया दिँदै आमिरले सुल्तान असाध्यै राम्रो फिल्म बनेको र अली अब्बास लेखक र निर्देशक दुबै रुपमा पर्फेक्ट प्रमाणित गरेको बताए ।

सलमानको प्रशंसा गर्दै उनले ट्वीट गरेका छन्– ‘सलमान र अनुष्काको अभिनय शानदार छ । यसले सबै रेकर्ड तोड्नेछ । यसलाई मिस नगर्नुस् ।

यसैबीच सलमानको सुल्तानले धमाकेदार ओपनिङ गरेको छ । पहिलो दिनको कमाईको मामिलामा अहिलेसम्म सबै फिल्मको रेकर्ड तोडेको छ । फिल्मले पहिलो दिन ४० करोड भन्दा माथिको व्यापार गरेको बताइएको छ ।