२ कार्तिक २०८३, सोमबार

आर्थिक वर्ष सकिनै लाग्दा करोडको सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancy– कमल शर्मा

दैलेख, २३ असार । आर्थिक वर्ष सकिन केही दिन मात्र रहँदा नारायण नगरपालिका दैलेखले सौर्य सडक बत्ती कार्यक्रमका लागि अन्तिम समयमा आएर उपभोक्ता समितिसंग १ करोडको कार्यक्रम सम्झौता गरिएको छ ।

स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्तियारी दिएको भएपनि स्टेमेन्ट लगायत कुरा तयार पार्न लाग्दा सम्झौता गर्न ढिलाई भएको नगरपालिकाका ईन्जिनियर हिक्मत रोकायले स्वीकारेका छन् ।

श्रोतका अनुसार उपभोक्ता समिति गठनमा समस्या आएपछि भागबण्डामै ४ बटा समिति बनाएर काम अगाडि बढाइएको छ ।

नगरपालिकाको चुप्रादेखि कलेलचौकसम्म ठाँउठाँउमा सौर्य बत्ती बाल्ने कार्ययोजना रहेको छ ।