पोखरा, २३ असार । जनकपुरमा पुगेर सीके राउतसँग भेट गरेपछि बिबादमा तानिएकी नायिका निशा अधिकारी मुड फ्रेस गर्न पोखरा हानिएकी छिन् ।
अघिल्लो साता जनकपुरमा पुगेर सीके राउतसँग भेटवार्ता गर्नुका साथै सँगै तस्बिर खिचेपछि निशाको आलोचना भएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
राष्ट्रिय कलाकार भएर पनि आफ्नो व्यक्तित्वको महत्व बुझ्न नसकेर देश टुक्राउने अभियानमा लागेका सीकेलाई भेट गरेपछि निशा एकाएक आलोचनाको घेरामा फसेकी थिइन् ।
उनका विरुद्धमा समाचार आएपछि खण्डन गर्न सक्रिय भएकी निशाले अहिले भने आफ्ना गतिविधिलाई गोप्य राख्ने गरेकी छिन् । पोखरामा उनी मुड फ्रेस गर्न आएको भनेर आफू निकटका साथीहरूलाई बताउने गरेकी छिन् ।
अमेरिकामा पढाइ गरेर राम्रो जागिर छाडेर आएका सप्तरीका सीके नेपालबाट तराईलाई टुक्राउने भनेर स्वतन्त्र मधेस गठबन्धनको नाममा बिखण्डनकारी गतिविधि चलाउँदै आएका छन् ।
अहिले जनकपुरमा बसेर आफ्ना बिखण्डनकारी गतिविधिलाई चलाइरहेका सीकेलाई अमेरिकामा फिल्मसम्बन्धी अध्ययन गरेर आएकी निशाले किन भेट गरिन् भनेर खोजी सुरू भएको छ ।
रोज राणाको ‘जय पर्शुराम’ फिल्ममा अभिनय गरेकी निशाले सीकेलाई भेटेर के–के कुरा गरिन् त्यस विषयमा उनले बास्तविक कुरा केही भनेकी छैनन् ।
तर, जानकारहरूले निशाले जे अभियान लिएर सीके राउतलाई भेट गरेको भएपनि उनले आफू कुन हैसियतमा छु र क–कसलाई भेट गर्नु पर्छ वा पर्दैन भनेर मर्यादा भुलेको आरोप लागेको छ ।















प्रतिक्रिया