१ कार्तिक २०८३, आइतबार

वृन्दाबन भदौ १७ बाट प्रदर्शनमा आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bindraban3

काठमाडौं । नेपाली फिल्म वृन्दाबन भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

समाजमा हुँदै आएको अन्याय, अत्याचार र थिचो, मिचो नारी प्रधान, एक्शन तथा प्रेममय विषयवस्तु समेटिएको चलचित्र वृन्दाबनले बादर र मानव मिलेर आफु प्रति आईपरेको संकटको समाधान गर्न घनाघोर जंलग बीचमा पनि शत्रुलाई प्ररास्त गर्न एकखाले अस्त्रको निर्माण, प्रहारले आफ्नो जीवन कसरी सुरक्षीत तुल्याउन सम्भव रह्यो भन्ने वृन्दाबनमा देखाउन खोजिएको निर्माण पक्षको भनाई छ ।

रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र वृन्दाबन आगामी भाद्र १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त कुराको जानकारी निर्माण पक्ष्मले गराएका हुन । रुद्र खनाल र कमल जिसी निर्माता रहेको चलचित्र वृन्द्राबनका लेखक, निर्देशन राजबहादुर साने हुन् ।

बहुप्रतिक्षित चलचित्र वृन्दाबनमा शिल्पा पोखरेल, किशोर खतिवडा, दिपेन्द्र केसी, शुसिल पोखरेल, प्रकाश कँडेलका साथमा तालिम प्राप्त बादरको मुख्य भूमिका रहेको छ । यसमा नृत्य रामजी लामिछाने, द्वन्द्व अष्ट महर्जन, संगीत विकास चौधरी, दिपक शर्माको रहेको छ ।