१० कार्तिक २०८३, मंगलबार

जहाज किन्ने विषय कहाँ गएर अड्कियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Rupees Paisaकाठमाडौं, २२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासले चिनियाँ जहाज खरिदसम्बन्धी फाइल मन्त्रिपरिषदमा पठाइएको खुलासा भएको छ ।

पर्यटन सचिवले नै निर्णय गर्न सक्ने अवस्था भए पनि किन पठाइएको भनेर मन्त्रिपरिषदले पत्र पठाएपछि यसको खुलासा भएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णयमा अख्तियारले छानविन गर्न नपाउने प्रावधानका कारण पछिलो वर्षाहरुमा सचिवस्तरमा गर्न सक्ने निर्णय पनि मन्त्रिपरिषदबाटै हुँदै आएका छन् ।

पर्यटनमन्त्री आनन्द पोखरेलले सचिवको आग्रहमा चिनियाँ जहाज खरिदको प्रस्ताव निर्णयका लागि गत फागुनमा मन्त्रिपरिषद लगेका थिए ।

‘मन्त्रिपरिषद अन्तर्गतको समितिले पटक पटक सचिव प्रेमकुमार रार्इलार्इ किन निर्णय नगरेर मन्त्रिपरिषद पठाएको भनेर प्रश्न गरेको छ’, मन्त्रालय स्रोतले भन्यो ।

तर, सचिवले यो विवादित विषयमा आफूले निर्णय गर्न नसक्ने बरु सरुवा हुनेसम्मको जवाफ मन्त्रिपरिषदलाई जवाफ दिएको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच यसै विषयमा पछिल्लो समय विवाद उत्पन्न भएको छ ।