१० कार्तिक २०८३, मंगलबार

डा.गोविन्द के.सी.ले काम गर्ने संस्थानै विपक्षमा, सहयोगी पनि विभाजित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda K.c.काठमाडौं, २२ असार । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी र विभागीय प्रमुखले प्रा.डा. गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन् ।

अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा. दीपक महराले बताए ।

‘हामीले सकेसम्म अनशन नै नगर्न आग्रह गरेका छौ“ । गर्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं’, उनले भने ।

डिन कार्यालयमा डा केसीसहित सोमबार र मंगलबार बसेको पदाधिकारी र विभागीय प्रमुखहरूको बैठकले अनसन नबस्न आग्रह गरेको हो ।

बैठकले अनशन नबस्न र बस्ने भए परिसरबाहिर जान लिखित आग्रह नै गरेको छ ।

बैठकको उपस्थिति पुस्तिकामा डा। केसीले पनि हस्ताक्षर गरेका छन् । आइओएमका ग्यास्ट्रोलोजी डिपार्टमेन्ट प्रमुख प्रेमकृष्ण खड्काले केसीका मागभन्दा अस्पतालमा अनशन बस्ने विषयमा बढी छलफल भएको बताए ।

‘हामीले उहाँलाई सकेसम्म अनशन नबस्न भन्यौँ । यदि बस्ने नै हो भने आइओएम हाताभित्र नबस्न आग्रह गरेका छौँ’, डा खड्काले भने ।

बैठकमा सहभागी प्याथोलोजी डिपार्टमेन्ट प्रमुख डा. विनयशमशेर जबराले अनशनका मागसँग कसैले सरोकार नराखेको, तर सबैको भनाइ तत्काल अनशन बस्न नहुने र बसे पनि आइओएम परिसरबाहिर बस्न सुझाब दिएको बताए ।

आइतबारदेखि अनशन बस्छु : डा. केसी

अहिले बेथिति झन् बढ्दै छ, आपराधिक मानसिकता स्थापित हुँदै छ, त्यसलाई तोड्न पनि म आमरण अनशन बस्छु ।

केसीका सहयोगी पनि विभाजित

राजनीतिक मुद्दा उठाएर अनशन बस्न लागेको भन्दै डा. केसीको अनशनको विषयमा यसपटक आइओएमका सिनियर र आवासीय चिकित्सक पनि विभाजित भएका छन् । ‘विगतमा पेसागत विषय उठान भएकाले सहयोग गरियो, यसपटक राजनीतिक एजेन्डा भएकाले धेरैको समर्थन छैन,’ एक आवासीय चिकित्सकले भने ।