१० कार्तिक २०८३, मंगलबार

सूर्यकिरण र माधवीवीच किन भयो मतभेद ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhavi-Bhattaकाठमाडौं, २२ असार । द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ ।

यसअघि आयोगका निर्णय अपारदर्शी रहेको विषयमा विवाद सेलाएको केही समयमै सदस्यवीच पुनः विवाद देखिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

सदस्य माधवी भट्टले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सूर्यकिरण गुरुङ समक्ष पूर्ण बैठक माग गर्दै निवेदन दिएकी छिन् ।

द्वन्द्वकालमा प्रयोग गरिएका बालबालिकाको विषय, आयोगको नियमावली संशोधन र ऐनका केही बुँदा व्याख्या गर्ने क्रममा ढिलाइ भएको र आयोगको अडान तथा उजुरी अनुगमनका क्रममा केही सदस्य तथा कर्मचारीले आयोगका निर्णयविपरीत कार्य गरेको पत्रमा आरोप लगाइएको छ ।

यी विषयलाई पूर्ण बैठकमा राखी छलफल हुनु पर्ने माग छ । उक्त निवेदनमा आयोगलाई जानकारीसम्म नदिई दोहोरो जिल्ला अनुमगन गर्ने, आयोगको स्वतन्त्रता र निष्पक्षता गुम्ने गरी कार्यक्रम आयोजना हुने र आयोग अध्यक्ष र सदस्यलाई मन लागेको दिन र मन लागेको ठाउँमा भ्रमण काज लिने दिने स्वतन्त्रताका विषयमा छलफल हुनु पर्ने निवेदनमा माग गरिएको छ ।