२ कार्तिक २०८३, सोमबार

पश्चिम नेपालको गुल्मीबाट डिलक्स बस र हाइस सेवा थप

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

delax-bus-1

– अनिल खत्री

गुल्मी, २१ असार । पश्चिम नेपाल बस व्यावसायी संघले गुल्मीबाट बुटवल र काठमाडौंका लागी स्तरिय डिलक्स बस सुचारु गरेको छ ।

यात्रुहरुको माग र चहनालाई पुरा गर्ने उद्देश्यले संघले गुल्मीबाट सुबिधा सम्पन्न स्तरिय डिलक्स वस र हाइस सेवा सुचारु गरेको पश्चिम नेपाल बस व्यावसायी संघ गुल्मी शाखा प्रमुख महेश काउछाले जानकारी दिनुभयो ।

संघले २०१५ मोडलका सुबिधा सम्पन्न डिलक्स वस सेवा सगै हाइस सेवा पनि थप गरेको छ । डिलक्स वस सेवा सहित वुटवल काठमाडौंको लागी हाइस सेवा पनि सुचारु गरिएको प्रमुख काउछाले जानकारी दिनुभयो ।

delax-bus

डिलक्स वसमा २४ इन्चको टिभी, फ्रि वाइफाई, मावाइल चार्ज, आरामदायी सिट सुबिधा रहेको काउछाले जानकारी दिनुभयो । पश्चिम नेपाल बस व्यावसायी संघले गुल्मीबाट वुटवलका लागी प्रत्येक दिन ३०–३० मिनेटमा र काठमाडौका लागी बिहान ५ बजे, बिहन ५.४५ बजे हाइस, दिउसो २. ३० बजे र बेलुकी ३.१५ बजे र ४ बजे छुट्ने गरेको पश्चिम नेपाल बस व्यावसायी संघले गुल्मीले जनाएको छ ।

यात्रु महानु भावको मागलाई पुरा गर्न सुबिधा सम्पन्न स्तरिय सेवा सहित वसहरु थप्दै संघले अब सबै पुराना मोडलका गाडीहरु बिस्तारै हटाएर नयाँ मोडलका गाडीहरु थप्ने तयारी गरिरहेको काउछाले बताउनुभयो ।