३० आश्विन २०८३, शुक्रबार

प्रेम विवाह गरेकी युवतीलाई अलपत्र पारेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

love-marage

बारा, ३० साउन । प्रेम विवाह गरेर भारतीय युवतीलाई अलपत्रमा पार्ने युवकलार्इ प्रहरीले बिना कारबाही छाडेपछि बाराको कलैयामा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

भारतको झारखण्ड राज्यको हजारी वागकी २२ वर्षीया पुनमसँग यादवले तीन वर्ष अघि प्रेम विवाह गरेका थिए । विवाहपछि फरार बारा तेलकुँवा ६ बेनौलीका दिपु गुप्तालार्इ बारा प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका गुप्तालाई बिना कारबाही बिहीबार राती छाडेपछि उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले कलैया स्थित जिल्ला प्रहरी कार्यालय र जिला प्रशासन कार्यालय अगाडि टायर बलेर नाराबाजी गरेपछि कलैया बजार शुक्रबार तनावग्रस्त बन्यो ।

उनीहरुले शुक्रबार बिहानै बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललार्इ भेटेर पिडित युवतीलाइ न्याय दिलाउन आग्रह गरेका थिए । तर, अर्यालले वेवास्था गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पीडित पुनमले गत साउन १५ गते कलैयामा आएर जिला प्रहरी कार्यालय बारामा उजुरी दिएकी थिइन ।

पुनमले बैङ्गलोर रहदा दिपुसंग शारीरिक सम्पर्कसमेत भएको भिडियो रेकर्डसमेत महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सविता बास्तोलालाई उपलब्ध गराएको बताएकी छिन् ।