१० कार्तिक २०८३, मंगलबार

चीनबाट इन्धन आपूर्ति गर्ने प्रतिवेदन सिंहदरबारमा, छिट्टै सहमति हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China Oilकाठमाडौं, २१ असार । आपूर्तिमन्त्री गणेशमान पुनले चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिएका छन् ।

मन्त्री पुनले नेपाल र चिनियाँ पक्षबीच भएको दुई पक्षीय सहमति अनुसार पेट्रोलियम पदार्थ खरिद गर्ने प्रक्रिया सम्बन्धी आवश्यक प्रतिवेदन परराष्ट्रमा पठाइएको जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘हाम्रो स्तरबाट गर्नु पर्ने आवश्यक तयारी र अध्ययन सकेर प्रक्रिया अघि बढाउन परराष्ट्रमा प्रतिवेदन पठाएका छौं’, मन्त्री पुनले भने, ‘समस्याका रुपमा देखापरेको कर, यातायात र ढुवानीका विषयमा टुंगो लोपछि चीनबाट इन्धन खरिद गर्छौ ।’

गत चैतमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका अबसरमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो ।

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा सोमबार आपूर्ति मन्त्री पुनले यस्तो जानकारी दिएका हुन् ।