३० आश्विन २०८३, शुक्रबार

एनआरएन अभियन्ता तेन्जी शेर्पालाई सभासद् मनोनित गर्न सोलुखुम्बु एमालेको सिफारिस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tenji-sherpa

काठमाडौं, ३० साउन । नेकपा एमाले सोलुखुम्बुले एनआरएनका अभियन्ता तेन्जी शेर्पालाई सभासद् मनोनयन गर्न सिफारिस गरेको छ ।

नेकपा एमाले सोलुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ सभासद्मा शेर्पालाई पनि मनोनयन गर्न सिफारिस गरेको हो ।

एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष मानवीर राई र सचिव डुफकुमार बास्तोलाबाट अध्यक्ष ओलीलाई लेखिएको पत्रमा भनिएको छ, ‘विगत संविधानसभा निर्वाचनमा सोलुखुम्बु जिल्ला प्रत्यक्षतर्फबाट झिनो मतअन्तरले पराजित भएको तथा समानुपतिकतर्फ पनि कुनै पनि कमरेडहरुले प्रतिनिधित्व गर्न नसकेको विषयले जिल्ला खाली पर्न गई पार्टीबाट गरिने हरेक क्रियाकलाप असहज भइरहेको छ, यसको निराकरणका लागि गैरआवासीय नेपाली संघको केन्द्रीय समितिमा गत निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार समेत रहनुभएका सोलुखुम्बु सल्लेरी गाविस वडा नम्बर ५ निवासी कमरेड तेन्जी शेर्पालाई अब मनोनयन गरिने २६ सभासद् मध्ये हाम्रो पार्टीको तर्फबाट मनोनयन गरिदिनुहुन विनम्रतापूर्वक अनुरोध छ ।’

झण्डै तीन दशक कोरियामा बसेका शेर्पा इन्जिनियर हुन् । एनआरएन स्थापनामा ठूलो भूमिका निर्वाह गरेका शेर्पा एनआरएनका सल्लाहकार एवं निवर्तमान महासचिव हुन् ।

खासगरि, नयाँ संविधानमा एनआरएनको मुद्दालाई सम्बोधन गर्न तथा पार्टीको प्रवासबाट एकजना प्रतिनिधित्व हुने गरी शेर्पालाई सभासद् बनाउन एमाले नेतृत्वलाई तीव्र दबाब परिरहेको छ ।