१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालवीच बालुवाटारमा वार्ता, के-के भए कुराकानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-and-Puspakamal Dahal Prachandकाठमाडौं, २० असार । सरकार परिवर्तनका विषयमा विभिन्न हल्ला र समाचारहरू आइरहेका बेला प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान करीव १० बजेदेखि एक घण्टा भएको भेटवार्तामा समग्र राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री ज्यूसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ज्यूले नियमित भेटघाट गर्नु भएको हो’, सल्लाहकार दाहालले भन्नुभयो, ‘मुलुकको समग्र राजनीतिक विषयमा परामर्श भएको छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भेटवार्ताका क्रममा अध्यक्ष दाहालसँग सरकारका विषयमा माओवादी केन्द्रले गरेको निर्णयका विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रवीच भएको नौँ बुँदे सहमति कार्यान्वयनका विषयमा निर्णय गरिएको जानकारी गराउनुभएको बुझिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकले सरकारका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएको थियो ।

दाहालले अधिकार पाएपछि सो विषयमा कांग्रेससँग दोस्रो तहका नेताहरूसँग अहिलेको एमाले नेतृत्वको सरकार परिवर्तनका विषयमा परामर्श गरेका समाचार आएका थिए ।