३० आश्विन २०८३, शुक्रबार

पहिरोले बगाएको छोरो समात्न जाँदा आमा पनि बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawalparasi_district

नवलपरासी, ३० साउन । पहिरोले घरसँगै बगाएको छोरालाई समात्न जाँदा नवलपरासीको नरम र जौवारी गाविसकी रेखिमाया मरिखम बेपत्ता भएकी छिन् ।

घटनास्थल जिल्लाकै दूर्गम ठाउँमा रहेको र उद्दारका लागि प्रहरी अहिलेसम्म त्यहाँ सकेको छैन । उक्त गाविसमा पहिरो जाँदा सातओटा घर पुरिएका छन् ।

त्यसैगरी दाउन्नेमा गएको पहिरोका कारण बुटवल नारायणगढ सडकखण्ड मध्यान्हदेखि अवरुद्ध छ । तीन दिनदेखिको वर्षाका कारण गैडाकोट—२ बोटे बस्तीका १० घर जलमग्न भएको प्रहरीले जनाएको छ ।