१ कार्तिक २०८३, आइतबार

क्यानडा र अफ्गानिस्तान पठाउँछु भन्ने दुई व्यक्ति पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchheकाठमाडौं, २० असार । विदेश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले भूकम्पपीडितको कोटामा क्यानाडा पठाइदिने भनी ठगी गर्ने काठमाडौं धापासीका देवजङ्ग पण्डित र अफगानिस्तान पठाइ दिने भनी ठगी गर्ने धादिङका ३३ वर्षीय यमन तामाङलाई पक्राउ गरेको हो ।

आरोपी पण्डितले भूकम्पपीडितको कोटा आएको छ भनी काठमाडौँ बूढानिलकण्ठ नगरपालिका–१७ का मच्छे श्रेष्ठलाई विश्वास दिलाई पटक÷पटक गरी रु २२ लाख लिई दक्षीण अफ्रिकासम्म पु-याई अलपत्र पारी फरार भएका थिए ।

त्यसैगरी, तामाङले धादिङ मैदी–७ का देउबहादुर गुरुङलाई आकर्षक तलबको लोभ देखाइ अफगानिस्तान पठाईदिन्छु भनी पटक÷पटक गरी रु पाँच लाख ५० हजार लिई दुवईमा पु-याएर अलपत्र पारेका थिए ।

बानेश्वरबाट पक्राउ गरिएका पण्डित र नयाँ बजारबाट पक्राउ परेका तामाङ दुबैलाई ठगी मुद्दामा थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।