१० कार्तिक २०८३, मंगलबार

सम्झौता समीक्षा गर्न परराष्ट्रसचिव चीनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-520x330बेइजिङ, २० असार । परराष्ट्रसचिव शंकरदास बैरागीको नेतृत्वमा चार सदस्यीय नेपाली टोली आइतबार बेइजिङ आएको छ ।

परराष्ट्रसचिवस्तरीय नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको बैठक स्थगित भएपछि बैरागीको टोली बेइजिङ आएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपालमा हुनुपर्ने परामर्श संयन्त्रको बैठक चीनको आग्रहमा स्थगित गरिएको थियो । बैरागी नेतृत्वको टोली सम्झौता समीक्षा वार्ताका लागि बेइजिङ आएको हो ।

गत अप्रिलमा नेपाल सरकारले चीन र भारतसँग भएका सम्झौता–समझदारीलाई कार्यान्वयन गर्न परराष्ट्रसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । त्यही समितिको टोली समीक्षा बैठक गर्न चीन आएको हो ।

चीनका लागि कार्यबाहक राजदूत निर्मलराज काफ्लेका अनुसार बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा तथा त्यसअघि भएका सम्झौता तथा समझदारी र विगतमा भएका अन्य सम्झौताको कार्यान्वयनका विषयमा छलफल गरिनेछ ।

‘समझदारी र सम्झौताको कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ, भएका प्रगतिको समीक्षा गर्ने र अगाडि कसरी बढ्ने विषयमा छलफल गर्ने हो,’ काफ्लेले भने ।

टोलीले सोमबार चीनका परराष्ट्रमन्त्री वाङ यीसाग भेट गर्दैे छ । त्यस्तै राज्यमन्त्री खोङ सुुवान्योसाग शिष्टाचार भेट गर्नेछ । राज्यमन्त्री खोङसागको भेटमा समझदारी र सम्झौताको कार्यान्वयनको विषयमा दुई पक्षबीच छलफल हुनेछ ।

नेपाली टोलीमा सचिव बैरागीसँगै चीन शाखा हेर्ने परराष्ट्रका सहसचिव झमिन्द्र अर्याल, प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुावर र परराष्ट्रका अधिकृत सुभांग पराजुली सहभागी छन् ।

प्रधानमन्त्री ओली चीनको भ्रमणमा आउादा पारवहन सम्झौता, पोखरा एयरपोर्टका लागि सहायतालगायत विभिन्न महत्त्वपूर्ण १० वटा सहमति भएको थियो ।

त्यसको कार्यान्वयनका लागि अघि बढेको काम र भावी योजना तथा चीनसागको नाका सुचारु गर्नेबारे चिनियाँ पक्षसँग छलफल हुनेछ । यसैबीच चीनका लागि कार्यबाहक राजदूतको पद सम्हालेका निर्मलराज काफ्ले सोमबार अमेरिका प्रस्थान गर्दै छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगको उपप्रमुखका रूपमा काफ्ले जान लागेका हुन् । बुधबारबाट काउन्सलर हरिशचन्द्र घिमिरेले चीनका लागि कार्यबाहक राजदूतको जिम्मेवारी लिनेछन् ।