काठमाडौं, २० असार । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोराएको छ ।
भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ ।
भारतीय पक्षले सचिवको ठाउँमा अतिरित्त सचिवलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरने भएकाले नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले पोखराबाट जानकारी दिए ।
‘सचिव तहको पूर्ण बैठक नहुने भयो तर अपतरित्त सचिवको उपस्थितिमा केही छलफल हुनसक्छ’, ती सदस्यले भने, ‘सचिव तहको बैठकमा अतिरित्त सचिव आएपछि एक त प्रोटोकल मिलेन, अर्को उच्च तहमा हुने निर्णय हुन सक्दैन । यसैले बैठक सर्ने भएको छ ।’
गभर्निङ बडीको तेस्रो बैठक पनि भारतकै कारण दुईपटक सरेको थियो ।
२०७२ पुस ७ र ८ गते काठमाडौंमा हुने भनिएको तेस्रो बैठक त्यतिबेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्ट्रेलिया जानु पर्ने भन्दै माघ २० र २१ गतेका लागि तोकिएको थियो ।
तर यो मिति पनि सरेर बैठक फागुनमा पुराइएको थियो ।
पञ्चेश्वर बहूद्देश्यीय आयोजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सर्न लागेको मन्त्रालयका अधिकारीको तर्क छ ।















प्रतिक्रिया