३० आश्विन २०८३, शुक्रबार

इबोला भाइरस जाँच्न आजदेखि विमानस्थलमा हेल्थ डेस्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola

काठमाडौ, साउन ३० । छिट्टै फैलन सक्ने र घातक इबोला भाइरस नेपालमा प्रवेश हुन नदिन शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गरेको छ ।

स्वास्थ्य विभागले स्वास्थ्य परीक्षण डेस्कको लागि १ जना डाक्टर र ४ जना हेल्थ असिष्टेन्टको टोली खटाएकोले शुक्रबारदेखि काम शुरु भएको स्वास्थ्य विभागका महानिर्देशक डा। सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

विमानस्थलको स्वास्थ्य परीक्षण डेक्सबाट इबोला प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पाइए तीन हप्तासम्म निगरानीमा राखिने उनले बताए ।