३० आश्विन २०८३, शुक्रबार

मौसम सफा हुन आइतबारसम्म कुर्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu-weather

काठमाडौँ, ३० साउन । न्यूनचापीय वायुको रेखा उत्तरतर्फ रहेका कारण मुलुकभर तीन दिनदेखि अविरल वर्षा भइरहेको छ ।

गत मंगलबार रातिदेखि निरन्तर परेको वर्षा शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “न्यूनचापीय क्षेत्रको रेखा उत्तरतर्फ रहेकाले नेपालमा मौसम खराब भएपछि देशभरका अधिकांश भागमा पानी परेको छ, शुक्रबार र शनिबार लगातार अविरल वर्षा हुन्छ, आइतबारदेखि मौसममा सुधार आउनेछ ।”

देशभर भारी वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिराका घटना बढेका छन् । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानका कारण ठूलो जनधनको क्षति पुगेको छ ।