कम उमेरमा यौन सम्पर्क गरेको भन्दै बेलायतको अदालतले एक किशोरीलाइ २ वर्षको जेल सजाय सुनाएको छ । बेलायतको बारसेस्टर शहरमा बसोवास गर्दै आएकी एक २१ वर्षीय युवतीलाई २ वर्षको जेल सजाय तोकिएको हो । लोरेन मारिस नाम गरेकी युवतीले एक स्कुले बालकसँग ५० पटक भन्दा बढी सेक्स गरेको आरोप लगाईएको छ ।
लोरेनले आफु १६ वर्षको उमेरमा पहिलो पटक सेक्स गरेको स्वीकार गरी सकेकी छिन् । केटा दश वर्षको हुदादेखी सेक्स गर्न सुरु गरेकी लोरेनले अहिले सम्म पचास पटक भन्दापनि बढि सेक्स गरेको अदालत सामु बताएकी छिन् । अहिले केटाको उमेर १४ र केटीको उमेर २१ वर्ष पुगेको छ । बेलायतमा १६ बर्ष भन्दा मुनिको सँगयौनसम्पर्क गर्नु कानुन बिपरित मानिन्छ । त्यस स्कुल बालकले आफ्नो साथीहरु सामु उक्त कुराको खुलसा गरेका थिए ।













प्रतिक्रिया