९ कार्तिक २०८३, सोमबार

क्षतिग्रस्त काष्ठमाण्डपबारे रहस्य खुल्ने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kastamandap7काठमाडौं, १८ असार । नेपालको प्राचीन इतिहास किम्वदन्तीसँग कति बेला जोडिन्छ र कति बेला छुट्टिन्छ ठोकुवा गर्न गाह्रो छ ।

जतिबेला जनश्रुति ऐतिहासिक रुपमा सत्य देखिने सम्भावना हुन्छ, त्यो अद्वितीय हुन्छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

काठमाडौंबारे पनि यस्ता धेरै जनश्रुति पाइन्छन् र तीमध्ये अधिकांश अलौकिक र रहस्यमय छन् । यस्तै एउटा रहस्यका रुपमा छ, काष्ठमाण्डप ।

एक वर्ष अगाडिको भूकम्पले पूर्णतः क्षतिग्रस्त काष्ठमाण्डपबारे यस्तै रहस्य खुल्ने सम्भावना बढेको छ ।

काष्ठमाण्डपबाटै काठमाडौंको नाम रहन गएको मानिन्छ । यसको प्राचीन नाम ‘मरुसत’ हो ।

काष्ठमाण्डप विशाल सत्तल हो । यो तीन तल्ले मन्दिरका स्वरुपमा थियो । एउटै विकास रुखको काठमाबाट यसको निर्माण भएको विश्वास गरिन्छ ।

पछिल्लो भूकम्पले यो पाताल हुने गरेर भत्किएको छ । अहिले यसको भौतिक रुवस्प ‘ग्राउन्ड जिरो’को स्थितिमा छ । नब्बे सालको भूकम्पले भने यसमा कुनै नोक्सानी पुगेको थिएन ।

पछिल्लो भूकम्पले पुगाएको क्षतिपछि गरिएको अनुसन्धानले धेरै रोचक तथ्य अझै गर्भमै रहेको खुलासा भएको हो ।