९ कार्तिक २०८३, सोमबार

दातृ निकायले दिन्छु भनेको पैसा दिएनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollar Paisa USAकाठमाडौं, १८ असार । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करीव २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।

तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन नसकेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

नेपालको पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए ।