काठमाडौं, १७ असार । नेपाल प्रहरीकी एसपी किरण बज्राचार्य मानव बेचविखनविरुद्धको वर्ष हिरो घोषित भएकी छन् ।
उनले अन्तर्राष्ट्रिय अवार्ड समेत पाएकी छिन् । सन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’मा नेपालबाट छानिएकी बज्राचार्यले अमेरिकी विदेशमन्त्री जोन केरी र बैदेशिक विभागका अध्यक्ष समेत रहेका सिनेट बोब कोर्करबाट अवार्ड ग्रहण गरिन् ।

मानवतस्करीविरुद्ध महत्वपूर्ण योगदान पुर्याइएकोमा उनलाई (2016 HERO ACTING TO END MODERN SLAVERY AWARD) दिइएको हो । उक्त अवार्डका लागि बिश्वभरीबाट ८ जना छनोट भएका थिए ।
काठमाडौंस्थित अमेरिकन दूतावासले पनि अन्तर्राष्ट्रिय हिरो घोषित भएकोमा उनलाई बधाई दिएको छ । महिला र बालबालिका माथि गरिने मानव तस्करी लगायतका अपराध क्षेत्रमा अनवरत अनुसन्धानको लागि यो सम्मान दिइएको दूतावासले स्पष्ट पारेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब २ वर्ष संगठित मानव तस्कर समूहलाई पक्राउ गर्न धेरै हदसम्म सफल भएकी बज्राचार्य हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख छिन् ।
बिहेका नाममा नेपाली चेलीहरुलाई चीन र कोरिया लगेर यौनदासका रुपमा राख्ने घटनादेखि नेपाली युवकहरुलाई अफ्रिकासम्म हुने मानवतस्करी घटनाको सफल अनुसन्धान गरेर बज्राचार्य निकै चर्चामा आएकी थिइन् ।













प्रतिक्रिया