२६ कार्तिक २०८३, बिहिबार

पूर्वमन्त्री मानन्धरको हृदयघातबाट निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mangalsidhi-manandhar-1काठमाडौं, १७ असार । पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ ।

संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका मानन्धरको विहान १० बजेर ४५ मिनेटमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

उनको दुई महिना अघि मात्र भारतको इन्दिरा गान्धी अस्पतालमा क्यान्सरको उपचार गरिएको थियो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । एउटा छोरा भारतमा रहेकाले भोलि मात्र अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।

मानन्धर हाल संघीय समाजवादी फोरम नेपालको सल्लाहकार समितिका सभापति थिए ।