काठमाडौं, १७ असार । ललितपुरको गोदावरीस्थित टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कुलको कक्षा तीनको पर्खाल भत्किँदा दुई छात्राको मृत्यु भएको छ ।
लगातारको बर्षाका कारण पर्खाल भत्किदा ९ वर्षीया छात्रा कृपा राई र १० वर्षीया अञ्जना पुन मगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए ।
उनका अनुसार पर्खालले च्यापिँदा १९ विद्यार्थी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
को–को भए घाइते ?
अभाष नापित– बढिखेल
महिमा बुढाथोकी– गोदामचौर
अजय शाही – गोदामचौर
अनुप महर्जन– बढिखेल
बिना मगर– बढिखेल
सुरज लामा– बढिखेल
रोजिना लामा– बढिखेल
सुनिता परियार– बढिखेल
रोजन महर्जन– बढिखेल
तशी गुरुङ– बढिखेल
शुवर्णहाङ लिम्बु– टौखेल
जानकी शाही– कालिकोट
अनुज महर्जन– बढिखेल
फूर्व तेन्जन– गोदमचौर
चित्र बहादुर कार्की– गोदमचौर
राजुमान झाक्री– गोदमचौर












प्रतिक्रिया