३० आश्विन २०८३, शुक्रबार

दानी मन्त्रीहरुको उदाहरणीय काम !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-residence-3_20140503084504

काठमाडौं, ३० साउन । सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले सिन्धुपाल्चोकलगायत देशका विभिन्न भागमा बाढी, पहिरोजस्ता प्रकोपमा परी पीडित भएकाहरुलाई १५ दिनको तलब सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुले यस्तो निर्णय गरेर उदाहरणीय कार्य प्रस्तुत गरेका हुन् । बैठकमा मन्त्रीहरुले आफ्नो १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

देशका विभिन्न भागमा अविरल वर्षासँगै बाढी पहिरोले क्षती पुर्‍याउन थालेपछि सरकारले उद्धारका लागि प्रहरी एवं प्रकोप नियन्त्रण संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको बताइएको छ ।