२६ कार्तिक २०८३, बिहिबार

यसरी समातिए गुण्डा नाइके दीपक मनाङ्गे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SSP-Vikram-Thapa-6काठमाडौँ, १७ असार । नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

उजुरीका आधारमा मनाङ्गेलाई गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

गुन्डा नाइकेका रुपमा परिचित मनाङ्गेलाई उहाँका सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको हो । प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।

मुलुकको शान्ति सुरक्षाका लागि गुन्डाराज गतिविधि सह्य नभएको भन्दै एसएसपी थापाले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘थप अनुसन्धान गर्दै छौं । बाँकी यसको अरु सन्जालाई पनि ध्वस्त पार्छौं । को–को छन् उ संग सुक्ष्म अनुसन्धान भइरहेको छ । हामी कडा कानुनी कारबाही गर्छौं । संगठित अपराधलाई निस्तेज पार्छौ ।’ रासस