काठमाडौं १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार दातृ निकायसँग छलफल गर्दैछन् ।
भूकम्प प्रभावितलाई तत्काल दुई किस्तामा दिन सकिने राहत र त्यसको प्रक्रियाका विषयमा छलफल गर्न प्रधानमन्त्रीले दातृ निकायका पदाधिकारीलाई बिहान साढे १० बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पहिलो किस्तामा १ लाख ५० हजार र दोस्रोमा ५० हजार गरि दुई किस्तामा अनुदान बाफतको रकम दिने सहमति भएपनि दातृनिकायसँगको परामर्शपछि मात्रै नियमावली संशोधन हुनेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज दातृ निकायसँग छलफल गरेपछि नियमावली संशोधन गरेर एक हप्ताबाटै रकम वितरणको काम थाल्ने तयारी भइरहेको जानकारी दिए ।













प्रतिक्रिया